संसद्
अध्यादेशबारे सभामुखले गरे प्रमुख दलका सचेतकसँग छलफल
बुधबार, २३ माघ २०८१, १५ : ४४
काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले संसदमा पेस गरेको अध्यादेश लगायतका विषयमा छलफल थालेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल थालेका हुन् ।
माघ १८ गते बसेको संसद्को हिउँदे अधिवेशनमा सरकारले विभिन्न ६ वटा अध्यादेश पेस गरेको थियो । अध्यादेशको विपक्षी दलहरूले चर्को विरोध गरेका छन् । संसद्लाई छलेर सरकारले गलत तरिकाबाट अध्यादेश ल्याएको विपक्षी दलहरूको आरोप छ ।
सभामुखसँगको छलफलमा काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण