सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
काठमाडौँ । सिरहाको लहानमा रहेको एक सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–८ घर भएका ४५ वर्षीय ईन्दर भन्ने ईन्द्रनारायाण चौधरी, लाहान नगरपालिका–२२ बस्ने ३१ वर्षीय भैरव भन्ने देवकुमार मुखिया, सोही नगरपालिकाको वडा नम्बर ४ बस्ने ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतको पश्चिम बंगालको हुगली ग्राम पञ्चायत घर भएका निरोज भन्ने मेहराज मोन्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरूलाई लहान नगरपालिका–७ बस्ने ४५ वर्षीय विकास कुमार शारदाको जाहेरीका आधारमा पक्राउ गरिएको हो । उनीहरूमाथि लहान बजारमा रहेको विकास ट्रेडर्समा डाँका गर्ने योजना आरोप लगाइएको छ ।
प्रहरी नायब उपरीक्षक पासवानको कमान्डमा खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानमा पक्राउ गरेको थियो । उनीहरूलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण