वडाअध्यक्ष शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने एमालेको निर्णय

दाङ । नेकपा एमाले जिल्ला कमिटी दाङले घोराही ८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई कारबाही गरेको छ । एमाले जिल्ला कमिटीको आज पार्टी कार्यालय भरतपुरमा बसेको बैठकले वडा अध्यक्ष शाहलाई कारबाही गर्ने निर्णय गरेको हो ।
२०७९ को आम निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित अध्यक्ष शाहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सङ्गीत बस्यालले जानकारी दिए ।
एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एव घोराही उपमहानगरका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटीको बहुमत सदस्यहरूको बैठकबाट शाहलाई कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकमा केन्द्रीय सदस्यहरू जीवन गौतम, घनश्याम पाण्डे, भागवत विश्वासी, कोमल वली, सिता सिग्देल, साजिदा सिद्धिकी सहितका नेताहरूको उपस्थिति रहेको थियो।
अब एमाले जिल्ला कमिटी बैठकको निर्णय पार्टी केन्द्रीय कार्यालयमा पठाएमा र पार्टीको केन्द्रीय कमिटीले निर्वाचन आयोगलाई पत्राचार गरेमा घोराही ८ को वडा अध्यक्ष पद रिक्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानको पक्षमा अखिल क्रान्तिकारीले काठमाडौँमा निकाल्यो राँके जुलुस
-
लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश
-
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
-
सिराहाका एसपी पण्डितलाई फिर्ता बोलाइयो, शर्मालाई जिम्मेवारी
-
कुलमानले सोमबारै लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र (पत्रसहित)
-
राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने