केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले रातोपाटीलाई बताए । उनले भने, ‘पक्राउ परेका सबैजना रिहा भैसकेका छन् ।’
ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले महिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन (नानी) लाई १० हजार धरौटीमा रिहा गरेको छ । सिदिङ्वा गाउँपालिका–५ घर भएका लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बु जनही ५ हजार धरौटी बुझाएर छुटेका हुन् । झापाको दमकबाट पक्राउ परेका ८ जना साधारण तारेखमा छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित