आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) गोमादेवी तिमिल्सिनाले पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारीहरूको यथाशीघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले पशुपति क्षेत्र विकास कोषका कर्मचारी निरन्तर आन्दोलनमा भए पनि सरकार गम्भीर नभएको बताएकी हुन् । उनले अदालतले श्रमिकका पक्षमा फैसला गरेको भए पनि सरकारले चासो नलिएको बताइन् ।
उनले भनिन्, ‘लामो समयदेखि आन्दोलनमा रहेका पशुपति विकास कोषका श्रमिकहरूको बारेमा जानकारी छैन कि भनेर फेरि जानकारी गराउन खोजेको छु । ३७ जना महिला श्रमिकहरू दुई महिनादेखि आन्दोलनमा हुनुहुन्छ । उहाँहरू आन्दोलनमा लाग्न लागेको पनि दुई महिना बित्न लागेको छ । सरकारले त्यसबारेमा जानकारी नभएर हो कि चासो लिएको छैन । अध्यक्षज्यूमार्फत सरकारलाई यो अनुरोध गर्न चाहन्छु ।’
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले डडेलधुराको परशुराम नगरपालिकामा छोटीभन्सार कार्यालय स्थापना गर्न माग गरेका छन् । उनले परशुराम धाम नजिकै रहको छोटी भन्सार कार्यालय संघीयता आएसँगै खारेज भएको कारण स्थानीय प्रशासनबाट आम उपभोक्ता प्रताडित भएको बताए ।
तत्काल छोटी भन्सार कार्यालय स्थापना गर्न उनको माग थियो । उनले डडेलधुरामा परशुरामधाम समेत रहेको उल्लेख गर्दै स्थानीयको ओहोरदोहोर सजिलो बनाउन समेत माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण