रियलका लिजेन्ड मार्सेलोद्वारा फुटबलबाट संन्यासको घोषणा
काठमाडौँ । ब्राजिलका डिफेन्डर मार्सेलोले ३६ वर्षको उमेरमा फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फुटबलको इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीमध्ये एक रहेका मार्सेलोले ब्राजिलको राष्ट्रिय टोलीका लागि ५८ खेल खेलेका छन् ।
ब्राजिलियन क्लब फ्लुमिनेसेबाट व्यावसायिक फुटबलको सुरुवात गरेका मार्सेलो सन् २००७ मा १८ वर्षको उमेरमा रियल मड्रिडसँग अनुबन्ध भएका थिए । बर्नाबेउमा १५ वर्ष बिताएका उनले २५ वटा उपाधि जिते जसमा ५ वटा च्याम्पियन्स लिग र ६ वटा ला लिगा समावेश छन् ।
सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले रियलमा बिताएका अविस्मरणीय पल स्मरण गरेका छन् । उनले भनेका छन्, ‘खेलाडीको रूपमा मेरो यात्रा यहीँ टुंगिन्छ । तर, फुटबलका लागि मैले दिन अझै धेरै बाँकी छ । सबै कुराका लागि धन्यवाद ।’
मार्सेलो सन् २०२१ मा रियलको कप्तान बनेका थिए । क्लबको इतिहासको ११७ वर्षमा स्पेन बाहिरका खेलाडीलाई कप्तान बनाइएको यो पहिलो अवसर थियो ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मार्सेलो रियल र फुटबलको इतिहासमा सबैभन्दा उत्कृष्ट लेफ्ट ब्याक भएको बताए । उनले मार्सेलोलाई लिजेन्डका रूपमा सम्बोधन गर्दै रियल सधैँ उनको घर हुने जिकिर गरे ।
उनले सन् २०२१–२२ सिजनमा रियल छाडेर ग्रिक टोली ओलम्पियाकोस पुगेका थिए । तर, ५ महिनापछि नै करार सम्झौता भंग गरेका थिए ।
त्यसपछि सन् २०२३ मा बाल्यकालको क्लब फ्लुमिनेसे पुगेर उनले दुई सिजन बिताए । क्लबका लागि ६८ खेल खेलेपछि त्यहाँको म्यानेजर मानो मेनेजसँग कुरा नमिल्दा उनले क्लब छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण