विराटनगर नागरिक अभियानद्वारा सामाजिक सञ्जाल विधेयक विरुद्ध प्रदर्शन गर्ने
विराटनगर । विराटनगर नागरिक अभियानले शुक्रबार विराटनगरमा सामाजिक सञ्जाल विधेयकका विरुद्धमा सांकेतिक विरोध कार्यक्रम गर्ने भएको छ । यो कार्यक्रमले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने लक्ष्य राखेको हो ।
प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको भन्दै आलोचना भइरहेको छ । विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको डिजिटल अधिकार र निजता संरक्षणलाई गम्भीर रूपमा कमजोर बनाउने विज्ञहरूको चेतावनी छ ।
विरोध कार्यक्रममा ‘सुशासन, न्याय, सेवा प्रवाह र जनजीविका’ भन्ने मूल नाराका साथ विभिन्न सामाजिक संघसंस्थाहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुने तयारी छ।
शान्तिपूर्ण र सांकेतिक विरोधको रूपमा सञ्चालन गरिने कार्यक्रम विराटनगरको ट्राफिक चोकमा दिउँसो साढे ३ बजेका लागि तय गरिएको छ । विराटनगर नागरिक अभियानले विरोध कार्यक्रममार्फत सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने र विधेयकका विवादास्पद प्रावधानहरू खारेज गर्न दबाब दिने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण