नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समिक्षापछि पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन भएसँगै ओरालो लाग्दै गरेको अर्थतन्त्रलाई सुधार गर्दै उकालो लगाउने काम गरेको दाबी गरे । उनले पछिल्ला सार्वजनिक अर्थतन्त्रका समग्र परिसूचकहरूले समेत बताई रहेको उल्लेख गरे । उनले सरकारको कार्यक्षमताको आधारमा वर्तमान सरकार सापेक्ष रूपमा सक्षम रहेको पनि बताए । उनले अर्थतन्त्र सुधारको लागि थालेका प्रयासहरूलाई सरकारले तीव्रता दिने र छिटो नतिजा प्राप्त गर्ने काममा लाग्ने बताए ।
अर्थमन्त्री पौडेलले सरकारले दुई तिहाइ भन्ने विषयमा ध्यान नदिएर राम्रो काम गर्ने संकल्पमा रहेको उल्लेख गरे । आयातबाट जोगिएर वा अलग भएर राजश्व, आर्थिक र समग्र मागमा वृद्धि गर्न नसकिने उल्लेख गरे । उनले राजश्व संकलनमा गत वर्षको तुलनामा प्रगति गरेको भन्दै अझै तीव्रता दिने बताए ।
उनले भने,‘वर्तमान सरकार गठन भएसँगै ओरालो लाग्दै गरेको अर्थतन्त्रलाई सुधार गर्दै उकालो लगाउने काम गरेको छ । अर्थ मन्त्रालयले जारी गरेका समग्र परिसूचकहरूले बताइरहेका छन् । सरकारको कार्यक्षमताको आधारमा वर्तमान सरकार सापेक्ष रूपमा सक्षम छ ।’
अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्ने विषयमा एक प्रकारको परीक्षा सकिएको बताए । उनले परीक्षा अघिल्लो सरकारको समयमा भएको र परिणाम वर्तमान सरकार आएपछि टाँसिन लागेको भन्दै वर्तमान सरकार लिस्टमा पर्नबाट जोखिने कोसिसका लागि उपायहरू खोजिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण