भारतमा आरबीआईले घटायो ब्याजदर
शुक्रबार, २५ माघ २०८१, ११ : २१
नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले ब्याजदर घटाएको छ । बैंकले रिपो रेट २५ आधार बिन्दुले घटाएको छ । योसँगै रिपो दर अब ६ दशमलव २५ प्रतिशतमा आएको छ ।
कटौतीअघि यो दर ६ दशमलव ५ प्रतिशत थियो । समाचार एजेन्सी पीटीआईका अनुसार यो जानकारी आरबीआईका नयाँ गभर्नर सञ्जय मल्होत्राले दिएका हुन् ।
आर्थिक वर्ष २०२५ मा मुद्रास्फीति दर ४ दशमलव ८ प्रतिशत रहने अनुमान बैंकले गरेको छ ।
अझ अगाडि यसमा थप कमी आउनसक्ने पनि बताइएको छ । गर्भनरले बढ्दो डिजिटल ठगी चिन्ताको विषय बताएका छन् । आरबीआईले डिजिटल सुरक्षा बढाउने दिशामा पनि काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण