भारतमा आरबीआईले घटायो ब्याजदर
शुक्रबार, २५ माघ २०८१, ११ : २१

नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले ब्याजदर घटाएको छ । बैंकले रिपो रेट २५ आधार बिन्दुले घटाएको छ । योसँगै रिपो दर अब ६ दशमलव २५ प्रतिशतमा आएको छ ।
कटौतीअघि यो दर ६ दशमलव ५ प्रतिशत थियो । समाचार एजेन्सी पीटीआईका अनुसार यो जानकारी आरबीआईका नयाँ गभर्नर सञ्जय मल्होत्राले दिएका हुन् ।
आर्थिक वर्ष २०२५ मा मुद्रास्फीति दर ४ दशमलव ८ प्रतिशत रहने अनुमान बैंकले गरेको छ ।
अझ अगाडि यसमा थप कमी आउनसक्ने पनि बताइएको छ । गर्भनरले बढ्दो डिजिटल ठगी चिन्ताको विषय बताएका छन् । आरबीआईले डिजिटल सुरक्षा बढाउने दिशामा पनि काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति भण्डारी चीनमा
-
नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइयो, अफवाहप्रति सजग रहनुस् : ऊर्जामन्त्री
-
नुवाकोटमा ‘शिवालय सिनेप्लेक्स’ पुनः सञ्चालनमा
-
गृहमन्त्रीको सचिवालयबाट पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा
-
१० बजे १० समाचार : तीनकुने घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता, महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला
-
स्थानीय तहको गुनासो : खरिद ऐनका कारण ठेक्का व्यवस्थापनमा समस्या भयो