ब्राजिलका विद्यालयमा लागू भयो स्मार्टफोनमा प्रतिबन्ध
रियो द जेनरियो । ब्राजिलका विद्यालयहरूमा अब बालबालिकाले स्मार्टफोन प्रयोग गर्न नपाउने भएका छन् । सरकारले नयाँ कानुन बनाएर विद्यालयहरूमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति लुइज लुला दा सिल्भाले जनवरीमा यससम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । यसअघि अमेरिका र युरोपेली देशका विद्यालयहरूमा पनि स्मार्टफोन प्रतिबन्धित गरिएको थियो ।
ब्राजिलको कानुनअनुसार यो प्रतिबन्ध निजी र सार्वजनिक दुवै विद्यालयमा लागू हुनेछ । बालबालिकालाई कक्षाकोठा र विद्यालयका सभाहरूमा मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ ।
तर, शैक्षिक उद्देश्यका लागि शिक्षकको अनुमति लिएर वा स्वास्थ्य सम्बन्धी विशेष अवस्थामा फोन प्रयोग गर्न सकिनेछ । कानुनले विद्यालयहरूलाई आफ्नै दिशानिर्देश तय गर्ने स्वतन्त्रता भने दिएको छ, जसमा विद्यार्थीहरूलाई आफ्नो फोन ब्याक प्याक, लकर वा तोकिएको क्षेत्रमा राख्न अनुमति दिइने कुरा समावेश छ ।
ब्राजिलको सङ्घीय सरकारले यो कानुन लागू गर्नुअघि नै त्यहाँका २६ राज्यहरूमा पहिले नै विद्यालयहरूमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने केही प्रावधान थिए । फोनमा प्रतिबन्ध लगाउनु अघि गरिएको सरकारले एक सर्वेक्षणमा तीन चौथाइ ब्राजिलियनहरूले स्मार्टफोनको प्रयोगले आफ्ना बच्चाहरूलाई फाइदा भन्दा बढी हानि पुर्याइरहेको बताएका थिए ।
फोनको प्रयोगले विद्यार्थीहरूलाई ध्यान केन्द्रित गर्न गाह्रो बनाइरहेको शिक्षकहरूले बताइरहेका थिए । विद्यार्थीहरू एक अर्कासँग घुलमिल नहुने जस्ता समस्या पनि स्मार्टफोनमा प्रतिबन्ध लगाउने निर्णय गर्नुको एउटा कारण थियो ।
यो प्रतिबन्धको उद्देश्य विद्यार्थीहरूको मानसिक र शारीरिक स्वास्थ्यको रक्षा गर्नुका साथै प्रविधिको अधिक तर्कसङ्गत प्रयोगलाई प्रवर्द्धन गर्नु भएको ब्राजिलको शिक्षा मन्त्रालयले सोमबार एक विज्ञप्तिमा भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण