पानामा नहरमा पैसा नलिने भनेर अमेरिकाले अफवाह फैलाइरहेको छ : पानामा
पानामा सिटी । पानामाका राष्ट्रपति जोस राउल मुलिनोले अमेरिकामाथि झुट बोलेको र अफवाह फैलाएको आरोप लगाएका छन् । पानामा नहर भएर यात्रा गर्दा अब अमेरिकी सरकारको जहाजले पैसा तिर्नु नपर्ने हालै अमेरिकी विदेश मन्त्रालयले दाबी गरेको थियो ।
दुई पक्षबिच भएको सन्धिका कारण नहरमाथि कसैले आक्रमण गर्यो भने यसको रक्षा गर्न अमेरिका बाध्यकारी हुने भन्दै अमेरिकी जहाजसँग शुल्क व्यर्थ भएको उनको भनाइ थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता नै बारम्बार नहर कब्जा गर्ने अभिव्यक्ति दिइरहेका छन् ।
नहरलाई बल लगाएर कब्जा गर्ने उनले अस्वीकार पनि गरेका छैनन् । शुक्रवार ट्रम्प र मुलिनोबिच वार्ता हुँदैछ । पानामा नहर आन्ध्र र प्रशान्त महासागरलाई जोड्ने ८२ किमी लामो नहर हो । यस नहर भएर जाने हरेक जहाजले आकार र प्रकार अनुसार शुल्क तिर्नुपर्छ ।
एक्समा एउटा पोस्टमा अमेरिकी विदेश मन्त्रालयले बुधवार अब अमेरिकी सरकारको जहाजले नहरबाट यात्रा गर्दा शुल्क तिर्नु नपर्ने र बर्सेनि अमेरिकी सरकारको दसौँ लाख डलर बच्ने कुरा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण