पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
गत असोजमा आएको पहिरोमा परेर मृत्यु भएका प्रशिक्षार्थी खेलाडी अनुपम घलानको स्मृतिमा हेटौंडामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीमा आवासीय प्रशिक्षणमा रहेका बखत असोजको विपद्मा परेर मृत्यु भएका अनुपमको स्मृतिमा हेटौंडा उपमहानगरपालिकाले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
नगर खेलकुद विकास समितिको व्यवस्थापनमा असोज १० देखि १२ गतेको अविरल वर्षको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा पहिरोमा परी निधन भएका प्रशिक्षार्थी फुटबल खेलाडी अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता गराउने तयारी भएको हो । समितिले १६ वर्ष मुनिको प्रथम अनुपम घलान स्मृति फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि सञ्चालन गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
हेटौंडा– ५ क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँका साथै शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समिति अध्यक्ष रवीन्द्र घिमिरेले जानकारी दिए । दोस्रो हुने टिमले नगर ७० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडाबाट सिफारिसमा आएका खेलाडीसहितको टिमको सहभागिता रहने उनले बताए ।
सर्वोत्कृष्ट खेलाडी ,उत्कृष्ट फरवार्ड, उत्कृष्ट किपर, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट डिफेन्सलाई जनही ५ हजार विधागत पुरस्कार प्रदान गरिने उनले बताए ।
एन्फाले सिस्नेरीस्थित वात्सला देवी माध्यमिक विद्यालयको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका हेटौंडा १२ का अनुपमको १३ वर्षको उमेरमा पहिरोमा परि मृत्यु भएको थियो । अनुपमको स्मृतिमा फुटबल खेल सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षमा समेत प्रतियोगितालाई निरन्तरता दिइने अध्यक्ष घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण