सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
विराटनगर । आफू अनुकूल सरकारले व्याख्या गर्न सक्ने भाषामा लेखिएको तथा सामान्य कसुरमा पनि फौजदारी कानुन लगाउने गरी जनताको बोल्न पाउने अधिकारमा हनन गर्न खोजिएको भन्दै विराटनगरमा सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरिएको छ । शुक्रबार विराटनगर नागरिक अभियानले विराटनगरको ट्राफिक चोकमा सांकेतिक विरोध प्रदर्शन आयोजना गर्दै उक्त विधेयकको विरोध गरेको हो ।
सरकारले राष्ट्रिय सभामा दर्ता गरेको “सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”ले वाक स्वतन्त्रताको साथै मानवअधिकार र लोकतान्त्रिक मूल्य र मान्यतामा असर पुर्याउने भन्दै यो प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा विराटनगरका युवाहरूको साथै विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रमका संयोजक अभियन्ता वसन्त अधिकारीका अनुसार कार्यक्रमले सरकारद्वारा प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने उद्देश्यले यो प्रदर्शन गरिएको हो । प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको अभियान्ताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण