‘पूर्णबहादुरको सारंगी’ले १० हलमा मनायो १०० दिन, अहिलेसम्मको व्यवसाय कति ?
शुक्रबार, २५ माघ २०८१, २१ : २७
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारंगी’ले शुक्रबारदेखि देशको १० हलमा प्रदर्शनको १०० दिन मनाएको छ । फिल्मका वितरक करण क्रेजीका अनुसार फिल्मले ५२ करोडभन्दा बढीकाे व्यवसाय गर्दै १० हलमा व्यवसायको सय दिन पार रहेको जानकारी दिए ।
फिल्मले क्यूएफएक्सको सिटी स्क्वायर र राइजिङ, रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज, शुभकामना सिनेमा, फ्रेन्ड्स सिनेमाज बुटवलसहितका हलमा प्रदर्शनको १०० दिन पार गरेको छ ।
फिल्मले विदेशमा पनि राम्रो कमाउन सफल भएको छ । निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ २३ करोड ३५ लाख रुपैयाँ क्रस भएको सार्वजनिक गरेका थिए । त्यसपछिको व्यवसाय सार्वजनिक गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
-
जन्मदिनमा गांगुलीलाई उपहार, आईसीसी ‘हल अफ फेम’ मा समेटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण