शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक

शनिबार, २६ माघ २०८१, १५ : ०२
शनिबार, २६ माघ २०८१

काठमाडौंँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । साहित्यकार  मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीतमा आशिष लामाको संगीत संयोजन छ । 

प्रेम वियोगका शब्दले भरिएको गीतमा गायिका रिमाल र गीतकार भण्डारीको अभिनय छ । मरुभूमि नारायणले छायांकन गरेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा निरेन श्रेष्ठको निर्देशन छ ।

भिडियो दर्शित म्यूजिक एन्ड मिडिया प्रालिले बजारमा ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप