औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन् ।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय समितिको आज यहाँ आयोजित तेस्रो पूर्ण बैठकमा उनले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताए ।
‘कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको यात्रा अघि बढाउनुपर्छ’, अध्यक्ष दाहालले भने, ‘स्थानीय उत्पादनको वृद्धि र प्रशोधन तथा साना उद्योगको स्थापनामार्फत रोजगारी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’ त्यसका लागि आफ्नो पार्टीबाट जितेका स्थानीय सरकारका प्रतिनिधिलाई भेला गरेर समाजवादको अभ्याससम्बन्धी प्रशिक्षणको व्यवस्था गरिएको उनले बताए ।
चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई आधार र सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्ड मानेर तदनुरुप कार्यक्रम बनाएको तर वर्तमान सरकारले सो बजेटलाई तोडमोड गरेको आरोप लगाए । बैठकमा महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले महासङ्घको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
-
प्रति मिनेट गोल गर्ने क्षमतामा मेस्सी अगाडि
-
अर्थमन्त्री डा. वाग्लेको भनाइमा एमाले सांसद बरालको नियमापत्ति
-
विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
मुलुकी अपराध संहिता (संशोधन विधेयक) को मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
-
निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण