संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
भोजपुर । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किरातीले संविधान होइन हाम्रो दिमाग संशोधन गर्नुपर्ने धारणा राखेका छन् । नेकपा माओवादी केन्द्र रामप्रसादराई गाउँपालिका कमिटीको दोस्रो अधिवेशनलाई शनिबार संशोधन गर्दै उनले खराब दिमाग बोकेर संविधान कसरी असल हुन्छ भन्दै प्रश्न गरे ।
‘संविधान संशोधन नागरिकलाई अधिकार थप्ने सर्तमा समय र आवश्यकता अनुसार गर्नैपर्छ तर संविधानमा लेखिएको कुरा चाही किन कार्यान्वयन नभएको हो ?’, उनले प्रश्न गरे, ‘नलेखिएको कुरा चाही यहाँ किन बढी भएको छ ?’
यसको उदाहरण पेस गर्दै उनले भने, ‘के हाम्रो संविधानमा भ्रष्टाचार गर्नु भनेको छ ? राज्यको समानुपातिक समावेशी कोटामा छोरी बुहारी र श्रीमतीलाई मात्र लानु भनेको छ ? जनताको मौलिक अधिकार प्रति उदासीन हुनु भनेको छ ? त्यसैले संविधान संशोधन भन्दा पहिला हाम्रो दिमागको उपचार गरौँ। हामी रोगी छौँ।’
उनले नेताको उपचार विदेश गर्ने, नेताले छोराछोरी विदेशी महँगो स्कुलमा पढाउने जस्ता व्यवस्था संविधानमा नभएको नभएको उल्लेख गर्दै दिमागै सफा नगरेसम्म राजनीतिक स्थायित्व हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण