आज पनि छैन अध्यादेशको कार्यसूची
आइतबार, २७ माघ २०८१, ०८ : १७

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय बैठकमा पनि अध्यादेश प्रस्तुत नहुने भएको छ । यसअघि गत माघ २४ गते राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको थियो ।
जनता समाजवादी पार्टी, नेपालले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने निर्णय गरिनसकेकोले सरकारले अध्यादेशलाई होल्ड गरेको हो । प्रतिनिधिसभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा भने जसपा नेपालको साथ चाहिन्छ ।
कांग्रेस–एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशमा विमति जनाइरहेको छ । अन्य पाँच अध्यादेशमा भने समर्थन गर्ने संकेत जसपा नेपालले गरेको छ ।
संघीय संसद्का दुवै सदनबाट स्वीकार नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा
-
विराट कोहलीको पोष्टरअघि बोकाको बली दिएको आरोपमा तीन समर्थक पक्राउ !
-
हानिया आमिर र माहिरा खानले भारतलाई भने कायर
-
मलेसिया कामदार पठाउन मेनपावर व्यवसायीबिच सिन्डिकेटको प्रयास
-
ट्रम्प सामु कार्नीले हाकाहाकी भने ‘क्यानडा बिकाऊ छैन’
-
विद्यालय शिक्षा विधेयकप्रति आशङ्का जनाउँदै शिक्षक महासङ्घले दियो आन्दोलनको चेतावनी