दशरथ रंगशालामा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण फुटबल हुने
आइतबार, २७ माघ २०८१, १४ : ५१
काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा फागुन ३ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। सो मैत्रीपुर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबिचको सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको एन्फाले जनाएको छ ।
खेलको प्राविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी अन्य जिम्मेवारी ( मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रम) दूतावासको रहने एन्फाको भनाइ छ ।
प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली हाल बन्द प्रशिक्षणमा रहेका छन् भने खेलको अनुमानित बजेट ३८ लाख ९० रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण