क्रिकेटरले छक्का प्रहार गरेको बल समाएर एथलेटिक्स खेलाडीले जिते ५० हजार रुपैयाँ पुरस्कार
काठमाडौँ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन खोड्पेका हरिश भाटले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
आइतबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा छक्का प्रहार भएको बललाई समाएर हरिशले ब्रेड बक्सको तर्फबाट ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन् । ब्रेड बक्सले सेमिफाइनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही अनुरुप हरिशले उक्त पुरस्कार पाएका हुन् ।
पहिलो सेमिफाइनलमा कुनै क्याच भएको थिएन भने दोस्रो सेमिफाइनल खेलमा दर्शकका रुपमा उपस्थित हरिशले पहिलो क्याच समाचाएका थिए । हरिश १०औँ राष्ट्रिय खेलकुदको छनोट प्रतियोगितामा सहभागी हुन शनिबारमात्र धनगढी आएका हुन् । एथलेटिक्स खेलाडी रहेका हरिश जिल्ला छनोट प्रतियोगितामा भएर प्रदेश छनोट खेल्न आएका हुन् ।
ज्याभलिङ थ्रोका खेलाडी हरिश साथीहरुको आग्रहमा क्रिकेट हेर्न फाप्ला रंगशाला पुगेका थिए । उनले आफूले पाएको ५० हजार रुपैयाँ पुरस्कारलाई आफ्नो खेलमा लगानी गर्ने बताए ।
उनले नगद ५० हजारसहित खल्तीको तर्फबाट एयर बडसमेत पुरस्कार पाएका छन् । प्रतियोगिताको फाइनल खेलमा दर्शकले क्याच गरेमा ब्रेड बक्सले एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण