दुर्घटना
महोत्तरी बस दुर्घटना अपडेट : ३० जना घाइते, चालक पक्राउ
आइतबार, २७ माघ २०८१, १६ : ४१
जनकपुर । महोत्तरीमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत टुटेश्वर जंगलमा बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ ।
जनकपुरबाट बरथहवाका लागि छुटेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीका निमित्त प्रवक्ता नन्दकिशोर चौहानले बताए ।
उनका अनुसार महोत्तरीको पूर्वपश्चिम राजमार्गको महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
बस दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम तथा अन्यको अवस्था सामान्य रहेको चौहानले बताए ।
घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको छ । प्रहरीका अनुसार बसमा कुल ४० जना सवार थिए । प्रहरीले बस चालकलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण