दुर्घटना
महोत्तरी बस दुर्घटना अपडेट : ३० जना घाइते, चालक पक्राउ
आइतबार, २७ माघ २०८१, १६ : ४१

जनकपुर । महोत्तरीमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत टुटेश्वर जंगलमा बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ ।
जनकपुरबाट बरथहवाका लागि छुटेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीका निमित्त प्रवक्ता नन्दकिशोर चौहानले बताए ।
उनका अनुसार महोत्तरीको पूर्वपश्चिम राजमार्गको महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
बस दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम तथा अन्यको अवस्था सामान्य रहेको चौहानले बताए ।
घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको छ । प्रहरीका अनुसार बसमा कुल ४० जना सवार थिए । प्रहरीले बस चालकलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म