आर्यन, केकी र दीपककाे पासपोर्ट दुरुपयोग मुद्दा अदालतमा दर्ता

काठमाडौँ । अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र कलाकार दीपकप्रसाद आचार्य (काकु) सहितका कलाकारको पासपोर्ट दुरुपयोगको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ ।
कलाकारले दिएको किटानी जाहेरीको आधारमा सरकारी वकिलले कार्यालयले यस विषयमा आरोपी रोशन पराजुलीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुद्दा गत २४ गते दर्ता भएको जानकारी दिए । उनले उक्त मुद्दा लिखत कसुरमा दर्ता भएको बताए ।
कलाकारहरुले आफ्नो नाम तथा कागजात दुरुपयोग गरिएको भन्दै दुई वर्षअघि नै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । कलाकारहरूले पराजुलीलाई कलाकारको आवरणमा नर्वेमा फिल्म छायाङ्कन गर्छु भन्दै मानव तस्करी गरेको आरोप लगाएका थिए ।
पराजुलीले ‘तिम्रो नजर’ शीर्षकको फिल्मको छायाङ्कनका लागि केकी, आर्यन, दीपकसहित १४ जना कलाकार तथा प्राविधिकलाई नर्वे लैजाने भन्दै भारतको राजधानी नयाँ दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । नर्वेजियन दूतावासले काठमाडौँमा रहेको नेपाल पर्यटन बोर्डमा यस सम्बन्धमा बुझेपछि यो प्रकरण बाहिरिएको थियो ।
पराजुलीले यो कार्यका लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड र कार्यकारी प्रमुखको नक्कली हस्ताक्षर र कलाकारहरूको कागजात र हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको छ । उक्त प्रकरण बाहिरपछि केकी, आर्यन, दीपकसहितका कलाकारले फेसबुकमार्फत आफ्नो संलग्नता नरहेको बताएका थिए ।
अभिनेत्री केकी २०७९ को भदौ महिनामै आफ्नो नाम र कागजपत्रको दुरुपयोग गरेको घटनाप्रति आपत्ति जनाउँदै ‘तिम्रो नजर’ नामक फिल्म निर्माण गर्ने कार्यमा ब्लुबर्ड एचडीसँग आफूले कुनै पनि सम्झौता नगरेको बताएकी थिइन् ।
‘तिम्रो नजर’ छायाङ्कनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेश गरेको भन्ने समाचार प्रकाशित भएपछि केकीले सामाजिक सञ्जालमार्फत नर्वेमा फिल्म छायाङ्कन गर्न भारतस्थित नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको थियो ।
पर्यटन बोर्डको पत्र नम्बर ३०९–२०७८/७९ मा जुलाई २० मा दूतावासमा भिसाको लागि आवेदन पेस गरिएको थियो । फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको थियो, जसमा अभिनेत्री केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !