ठमेलमा प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएका प्रहरी टोलीमाथि ठमेलमा आक्रमण तथा अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २४ गते ठमेलस्थित सार्वजनिक सडक खण्डमा हो–हल्ला गर्दै हिँडेका ५/६ जनाको समूहले गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरेको थियो ।
घटनास्थलबाट फरार भएकाहरूको खोजी गर्दै आएको प्रहरीले काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट नजिकैबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जनाएका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–२६, लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–५ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–२६, लैनचौर बस्दै आएका रमेश फुलारा छन् । सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटी सदस्य हुन् ।
पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय बबरमहल, काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त दरबारमार्गबाट अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी