क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
आइतबार, २७ माघ २०८१, २२ : ४९

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गरेका छन् । उनले आज साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन् ।
गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगले कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन् गरिरहेको गुनासोपछि मुख्यमन्त्री सिंहसहित धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीसहितको टोलीले क्रसर उद्योग अनुगमन गरेको हो ।
मुख्यमन्त्री सिंहले उद्योगमा सञ्चित रहेको ढुङगा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार नगर्न निर्देशन दिइएको उनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर