१० खेलाडीमा सीमित बार्साको शानदार जित, रियलसँग दुरी घटायो
काठमाडौँ । १० खेलाडीमा सीमित बार्सिलोनाले सेभियालाई हराउँदै शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी २ अंकमा झारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना ४–१ गोलले विजयी बन्यो ।
खेलको सातौँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सालाई अग्रता दिलाएका थिए । सिजनमा उनको यो १९ औँ गोल थियो । तर, एक मिनेटपछि नै रुबेन भारगासले सेभियाका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै फर्मिन लोपेजले बार्सालाई पुनः अग्रता दिलाए । ५५ औँ मिनेटमा राफिन्हाले टोलीको अग्रता दोब्बर बनाए ।
६२ औँ मिनेटमा लोपेज रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि बार्सा १० खेलाडीमा सीमित बन्यो । यसका बाबजुद ८९ औँ मिनेटमा एरिक गार्सियाले अर्को गोल थप्दै बार्सिलोनालाई शानदार जित दिलाए ।
२३ खेलबाट बार्सिलोनाले ४८ अङ्क बटुलेको छ । शीर्ष स्थानमा रहेको रियलको ५० अङ्क छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले ४९ अङ्क बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण