विपक्षीको आक्रमणपछि मस्कको बचाउमा उत्रिए ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले एलोन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन्। उनले मस्कको बचाऊ गर्दै अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थी मनसाय नभएको बताएका हुन्।
यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले एलोन मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो।
मस्कको बचाउमा आउँदै राष्ट्रपति ट्रम्पले अमेरिकी च्यानल फक्स न्यूजलाई भने, ‘उनी (मस्क) ले यसबाट केही पाउँदैनन्। वास्तवमा, उनले यसको लागि कसरी समय निकाल्छन् भन्ने कुरामा म छक्क पर्छु।’
ट्रम्पले मस्कको सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्नेछ। यो काम आगामी '२४ घण्टा' भित्र सम्पन्न हुन सक्ने सम्भावना छ।ट्रम्पले भने, ‘हामी सेनामा अर्बौँ डलरको ठगीको पर्दाफास गर्नेछौँ। मानिसहरूले मलाई यही कारणले रोजेका हुन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण