‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’ सार्वजनिक

काठमाडौँ । नेपाली ब्यान्ड ‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक भएको छ । पोजेटिभ भाईब्स इन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो ।
गीतमा स्टिभ देवानको स्वर, शब्द र सङ्गीत छ । भिडियोमा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’का विजेता पूजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र बिपुला सिद्धान्त जोशीको अभिनय छ ।
एक युवालाई उसको प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न ‘झिल्के एन्ड द कम्पनी’ ब्यान्डका सदस्यहरूले सहयोग गरेको कथा देखाइएको छ । बियोन्डको निर्देशन रहेको भिडियोमा कमल प्रसाईंको छायाङ्कन र विकेस मगरको सम्पादन छ ।
भिडियोले नेपाली समाजमा देखिएको कठोर यथार्थलाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरेको छ । जहाँ जातीय भिन्नताका कारण परिवारहरूले प्रेम सम्बन्ध तोड्न बाध्य पार्छन् ।
भिडियोका अन्त्यमा बेहुलीका बाबु नै छोरीलाई प्रेम विवाह गर्न गुपचुप साथ दिइरहेको देखाइएको छ । ब्यान्डले गीतले नयाँ पुस्तासँगै समाजमा परम्परागत सोच र आधुनिक प्रेम तथा व्यक्तिगत स्वतन्त्रताबिचको द्वन्द्वलाई उजागर गरेको दाबी गरेको छ ।
अन्तरजातीय प्रेमको भावनालाई व्यक्त गरिएको गीतको सुरुवात रमाइलो शैलीको भए पनि अन्त्यतिर गहिरो प्रेम व्यक्त गरिएको छ । ब्यान्डका मुख्य गायक तथा गीतकार स्टिभ देवानले गीत र भिडियोले नेपालमा अन्तर्जातीय विवाह र सम्बन्धलाई सामान्य रूपमा स्वीकार गर्ने संस्कृतिबारे थप बहस सुरुवात गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव