ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
नयाँ दिल्ली । बलिउडका भाइजान सलमान खान हिजोआज निकै चर्चामा छन् । हालै उनी भतिज आराहान खानको पोडकास्टमा देखिएका थिए ।
उक्त पोडकास्टमा सलमानले धेरै कुरा शेयर गरेका छन् । फरक फरक विषयमा उनले आफ्नो धारणा राखेका थिए ।
सम्बन्धबारे दिए यस्तो सल्लाह
सलमानले अरहान र उनका साथीहरूलाई प्रेम, सम्बन्ध र ब्रेकअपबारे पनि सल्लाह दिएका थिए । काका भएको नाताले, उनले आफ्नो भतिजलाई ब्रेक अप पछि चाँडै सम्बन्धबाट अगाडि बढ्न सल्लाह दिए । ‘यदि तिम्री प्रेमिकाले तिमीसँग सम्बन्ध विच्छेद गर्छिन् भने उसलाई जान देऊ । बाई बाई गरिदेऊ ।’
यसमा उनले ब्यान्ड एडको उदाहरण दिएका थिए । ब्यान्ड एड निकाल्दा हामी बिस्तारै नभएर ह्वात्तै एकैपटक झिक्छौँ नि, बिग्रिएको सम्बन्धबाट यसैगरी अगाडि बढ्न उनले सुझाव दिए । बरु आफ्नो कोठामा गएर धित मर्ने गरी रुन अनि यो कुरालाई यहीँ टुङ्ग्याउन पनि उनले भने । यति गरेपछि बाहिर आएर आफू कस्तो छु, अनि सबै कस्तो चलिरहेको छ भनेर भन्न पनि उनले भतिजलाई भने ।
तर मान्छेले आफ्नो गल्ती तत्कालै स्वीकार गर्नु पर्ने चाहिँ उनले भन्न छुटाएनन् । ‘मानिसले सधैँ आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । धन्यवाद र माफी पनि तुरुन्तै भन्नुपर्छ’ सलमानले भने ।
विश्वासघातको सामना कसरी गर्ने र एक व्यक्तिबाट कसरी अलग हुने भन्ने बारे उनले अरहानलाई अरू सल्लाह पनि दिए । सम्बन्ध लामो छोटो भन्ने नहुने अनि कुनै सम्बन्धमा ४०/५० वर्षसम्म बसेपछि धोका मिल्न सक्ने पनि उनले बताए ।
‘सम्बन्धबाट जतिसक्दो चाँडो अगाडि बढ्नु ठिक हुन्छ’
सलमान खानका प्रेम सम्बन्ध सधैँ चर्चामा रहने गरेका छन् । उनले आफ्नो समयमा धेरै चर्चित नायिकाहरूसँग डेट गरेका थिए ।
उनको नाम सङ्गीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफ जस्ता अभिनेत्रीहरूसँग जोडिएको छ । तर कसैसँग पनि उनको सम्बन्ध सफल भएन । यतिका वर्षपछि पनि फ्यानहरू सलमानको बिहे कहिले हुन्छ भन्ने प्रश्न सोध्न छाडेका छैनन् ।
मान्छे भित्र कुनै पनि ब्रेकअफ झेल्ने त्यति ताकत हुनुपर्छ जसमा ३० सेकेन्ड भित्रै उक्त परिस्थितिबाट बाहिर निस्कन सकियोस् भनेर सलमान भन्छन् ।
यी सबै कुरालाई ६ महिना भइसकेको जस्तो व्यवहार गर्नुपर्ने अनि भर्खरै आफूसँग यस्तो भएको कुरा बिर्सिनुपर्ने उनले बताए । साथीभाइ वा मित्रता वा प्रेम सम्बन्ध जुनसुकै सम्बन्धमा यस्तो हुनसक्ने पनि उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण