संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
सोमबार, २८ माघ २०८१, १५ : ३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भनेर आलोचना खेपिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसदले प्रतिनिधि सभा बैठकमा जनयुद्धको पक्षमा नारा लगाएकी छिन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद ज्ञानु बस्नेत सुवेदीले ‘जनयुद्ध जिन्दाबाद’ भन्दै नारा लगाएकी हुन् । साथै उनले प्रधानमन्त्री ओलीले जनयुद्धलाई हिंसा भनेर पश्चगामी बहस सुरु गरेको पनि बताइन् ।
‘जनयुद्ध दिवस आउन ३ दिन बाँकी रहेको समयमा प्रधानमन्त्रीबाट बिनाप्रसंग हिंसा भनेको सुन्नु परेको छ । संसद्मा पनि हिंसाको सुगा रटाइ गरिरहेका छन् । अहिले आएर जनयुद्धलाई हिंसा भनिएकोमा खेद व्यक्त गर्छु,’ बस्नेतले संसद्मा भनिन्, ‘भनिरहने छु, महान् जनयुद्ध जिन्दाबाद, जिन्दाबाद । लाल सलाम ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन