आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानले पहिलो पटक आफूमाथि भएको चक्कु प्रहारबारे मुख खोलेका छन् । हालैको एक अन्तरवार्तामा उनले चोर कसरी आफ्नो घरमा पस्यो अनि सो समयमा परिवारका सदस्यहरू के गरिरहेका थिए भनेर बताएका छन् ।
यसका साथै उनले आक्रमणकारीप्रति चिन्ता पनि व्यक्त गरेका छन् । टाइम्स अफ इन्डियालाई दिएको एक अन्तरवार्तामा सैफले आक्रमणकारी शरिफुल इस्लामप्रति चिन्ता व्यक्त गरेका छन् । उनीप्रति सहानुभूति व्यक्त गर्दै ‘बिचरा गरिब मान्छे’, ‘उसको जीवन पनि डरलाग्दो हुन सक्छ’ भनेर भनेका छन् ।
‘यो घटनाले मेरो जीवन परिवर्तन हुने छैन । यस्तो हुनु पनि हुँदैन । यदि यस्तो भयो भने यो गलत हुनेछ । मेरो भनाइको अर्थ के हो भने ऊ चोर थियो र चोरी गर्ने उद्देश्यले आएको थियो,’ सैफले भने ।
यति ठुलो घटना पछि आफ्नो सुरक्षाको लागि अतिरिक्त हतियार राख्नु हुन्छ भनेर सोधिएको थियो । यसको उत्तरमा ‘मलाई लाग्दैन कि अहिले कुनै खतरा छ । यो घटना नियोजित थिएन । यो चोरीको घटना थियो । जुन ठुलो घटनामा परिणत भयो । त्यो गरिब मान्छेको जीवन मेरो भन्दा निकै खराब छ ।’ भनेर अभिनेताले भनेका थिए ।
सुरक्षाबारे यस्तो भन्छन् सैफ
सैफ अली खानमाथि आक्रमण भएदेखि नै सुरक्षाको बारेमा निरन्तर प्रश्न उठिरहेका छन् । यस्तोमा सैफले आफ्नो सुरक्षाबारे चिन्तित नभएको बताएका छन् । सुरक्षामा किन विश्वास गर्दैनन् भनेर मानिसहरूले उनलाई प्रायः प्रश्न गर्छन् । तर सत्य यो हो कि उसलाई कसैबाट पनि खतरा छैन । त्यो चोरीको घटना थियो ।
साथमा तीन–चार जनालाई अघि पछि लगाएर अभिनेतालाई हिँड्न मन पर्दैन । चक्कु प्रहारको घटना एउटा नराम्रो सपना जस्तै थियो । यो अब सकिएको अनि उनलाई कुनै खतरा नभएको पनि उनले बताए ।
संसारको हरेक कुनामा यस खालको घटना सुनिने त्यसैले हामीहरू आफैँले आफ्नो सुरक्षाको पनि ख्याल गर्नुपर्ने अनि ढोका र झ्यालहरू सबै राम्ररी बन्द गरेर बस्नु पर्ने पनि उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण