गाजा किन्ने भनाइमा अडिग छन् ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा अमेरिकी स्वामित्वबारे आफ्नो विवादास्पद भनाई पुनः दोहोर्याएका छन् । युद्धले चौपट पारेको गाजालाई किनेर अमेरिकाको बनाउनेमा कुरामा उनी अडिग छन् ।
राष्ट्रपतिको सरकारी विमान एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्ने क्रममा गाजालाई ‘ठुलो रियल इस्टेट साइट’ ठानिनुपर्ने ट्रम्पले बताए । मध्य पूर्वका अन्य देशहरूले यसको पुनः विकासको काम दिन सकिने उनको भनाइ थियो ।
‘जहाँसम्म हामीले यसलाई बनाउने भन्ने कुरा छ, यसको केही खण्ड बनाउने काम मध्यपूर्वका अन्य देशलाई पनि दिन सकिन्छ; हाम्रो सहयोगमार्फत अरु मान्छेले पनि गर्न सक्छन् ।’
सुपर बाउलमा सहभागी हुन न्यू ओर्लियन्स जाने क्रममा ट्रम्पले भने । तर आफूहरू गाजालाई आफ्नै स्वामित्वमा लिन प्रतिबद्ध रहेको अनि यसलाई लिने अनि हमास फर्केर नआओस् भन्ने सुनिश्चित गर्ने पनि उनले बताए ।
फर्केर आउन गाजामा केही नभएको यो र ध्वस्त भइसकेको ठाउँमा मात्रै भएको पनि उनले बताए । विस्थापित प्यालेष्टिनीहरूले गाजामा फर्केर आउन नरुचाउने पनि उनले भने । जाने ठाउँ नभएकोले गाजाबासीले गाजा फर्किने कुरा गरेको अनि उनीहरूलाई बस्नका लागि सुरक्षित ठाउँ दिइयो भने उनीहरू गाजामा फर्केर नआउने ट्रम्पको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण