भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताएका हुन् । सदाचार, निष्पक्षता र निर्भीकताका साथै भ्रष्टाचार नियन्त्रणमा सबैले भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।
मुख्यमन्त्री सिंहले शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानी लगायत प्रत्येक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको र दर्ता नभएकाले राजस्व छल्ने काम गरेकाले ती निकायलाई सरकारको करको दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताए । महँगी अनुसार कर्मचारीको तलबभत्ता नबढाएसम्म भ्रष्टाचार नियन्त्रण नहुने उनको भनाइ थियो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर कुरुवाङले भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आफ्नो कार्यालयले उल्लेखनीय रूपमा आर्थिक अनियमिततासम्बन्धी मुद्दाको फर्छ्यौट गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण