दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल : किर्गिस्तान, म्यानमार र लेबननसँग भिड्दै नेपाली टोली
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ सञ्चालन हुने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गर्न लागिएको एन्फाले जनाएको छ ।
फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन हुन लागेको यो प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने जानकारी एन्फाले दिएको छ ।
प्रतियोगितामा सहभागीमध्ये किर्गिस्तानको टोली फेब्रअरी १३ तथा म्यानमार र लेबननको टोली फेब्रुअरी १४ तारिखमा काठमाडौँ आइपुग्ने जानकारी पनि एन्फाले दिएको छ ।
प्रतियोगितामा सहभागी टोलीहरुका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा अभ्यासको व्यवस्था गरिएको बताइएको छ ।
नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा छ ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षण गराउँदै छन् । प्रतियोगिताका खेलहरु राउन्ड रोविन लिगका आधारमा खेलाइने पनि एन्फाले जनाएको छ ।
त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दिउँसो २ः०० बजे र साँझ १८ः०० बजे खेलाइने बताइएको छ ।
प्रतियोगिताको तयारी पुरा भइसकेको एन्फाले जनाएको छ । एन्फाका अनुसार, टेलिभिजन प्रशारण, मार्केटिङ, टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई प्रदान गरिएको छ ।
प्रतियोगिताको टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको पनि एन्फाले जनाएको छ । एन्फाका अनुसार, प्रतियोगिताको अनुमानित बजेट दुई करोड ५० लाख ५६ हजार एक सय चार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण