बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना भारतीय सार्वजनिक
काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाएको र सट्टेबाजी गराएको आरोपमा पक्राउ परेका २३ जना भारतीयलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरू माघ २७ मा बुढानीलकण्ठ नगरपालिका–३ स्थित दोर्जी लामाको घरबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बिहार घर भएका वकिल कुमार यादव, किशोरी प्रसाद यादव, रोहित कुमार यादव, मुन्ना कुमार यादव, उत्तर प्रदेशका बादल कुमार जैसवाल, बिहारका रावल कुमार यादव, विपिन कुमार यादव, शंकर कुमार यादव, रोहित कुमार, भवेश कुमार, अभिषेक कुमार, छत्तिसगढ घर भएका कुलबिनदर सिंह, हर्ष जैसवाल, सुरज शाह, उत्तर प्रदेशका श्रेष्ठ गुप्ता, बिहारका बिठ्ठु कुमार, उत्तर प्रदेशका सुनिल कुमार जैसवाल, मोहम्मद शाहि र सौरभ खरुवा छन् ।
त्यस्तै, बिहार घर भएका चन्दन यादव, श्याम कुमार, एस बालकृष्ण र सुरेन्द्र कुमारलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
आरोपीहरुले ३ अर्ब १३ करोडको अनलाइन जुवा खेलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बरामद गरिएको ८८ वटा मोबाइल चेकजाँच गर्दा उनीहरुले ४६ करोड ९१ लाख बराबरको क्रिप्टो कारोबार पनि गरेको भेटिएको छ । लोटस एप मार्फत उनीहरूले अनलाइन सट्टेबाजी गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण