मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
वासिङटन डीसी । एलन मस्कमाथि यतिबेला अमेरिका सरकार जर्बजस्ती कब्जा गरेको आरोप लागिरहेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय सरकारको आकार र खर्च घटाए सरकारी दक्षता सुधार्ने जिम्मा दिएपछि मस्कले अहिले संघीय निकायहरूमा व्यापक खर्च कटौती गरिरहेका छन् ।
मंगलबार पहिलो पटक ह्वाइट हाउसमा पुगेको समयमा जर्बजस्ती सरकार कब्जा गरेको आरोपको मस्कले खन्डन गरेका हुन् । ओभल अफिसमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिने क्रममा मस्कले ट्रम्पकै पासमा उभिएका थिए । त्यसपछि ट्रम्पले मस्कको डजका नाममा एउटा आदेशमा हस्ताक्षर गरेका थिए ।
यसमा संघीय सरकारका कर्मचारी कटौतीका लागि डजलाई बढी अधिकार दिइएको छ । यसले सरकारी निकायका प्रमुखहरूलाई डजको आदेश अनुपालना गर्न पनि भनेको छ । पारदर्शिता नदेखाएको र कानूनी चुनौतीहरूमा खलल पुर्याएको भन्दै एजेन्सीले डेमोक्रेटहरूको आलोचना गरेका थिए ।
तर मस्कले भने गत महिना ट्रम्पले कार्यभार सम्हालेयता सरकारमा व्यापक कटौती गरिएको र यो कठोर वा कठ्ठरपन्थी दुबै नभएको उनको भनाइ थियो । जनताहरूले मुख्य सुधारकै लागि सरकारलाई मत दिएको र उनीहरूले यही पाउने पनि उनले बताए ।
काम गर्ने क्रममा अरुले आफूमाथि पूरै निगरानी राख्छन् भन्ने आशा आफूले गरेको अनि मन लाग्दी गरेर बच्न सक्छु भन्ने आफूले नसोचेको पनि उनले भनेका छन् । संघीय कर्मचारीहरू अनिर्वाचित, चौथो, सरकारको असंवैधानिक अंग भएको भन्दै आफूसँग निर्वाचित कुनै पनि प्रतिनिधिको भन्दा धेरै ताकत भएको पनि उनले बताए ।
यतिबेला मस्कले अमेरिकालाई फेरि महान बनाऊँ भन्ने नारा भएको कालो क्याप लगाएका थिए यतिबेला उनले काँधमा आफ्नो कान्छो छोरा बोकेका थिए । संघीय खर्च घटाउनु आफ्नो लागि विकल्प नभएर अति जरुरी भएको र यो अमेरिकालाई ‘सल्भेन्ट’ देश बनाइराख्न पनि आवश्यक भएकोमा मस्कले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण