जनयुद्ध दिवसमा गजुरी र चौरीदेउरालीमा सार्वजनिक बिदा
बुधबार, ३० माघ २०८१, १८ : ४५
मकवानपुर । जनयुद्ध दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका र काभ्रेको चौरीदेउराली गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन १ गतेदेखि सुरु गरिएको जनयुद्धको स्मरण र सम्मानमा फागुन १ गते सार्वजनिक बिदाको निर्णय गरिएको हो ।
गजुरी र चौरिदेउरालीले सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरू बन्द रहने जनाएका हुन् ।
सार्वजनिक बिदाका समयमा गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण