अब हेटौँडा पनि बालमैत्री नगर
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडालाई फागुन १ गते बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिने भएको छ ।
उपमहानगरपालिकाको ५६ औँ स्थापना दिवस पारेर बालमैत्री नगर घोषणा गर्न लागिएको हो ।
मकवानपुरका १० पालिकामध्ये मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन् । हेटौँडा जिल्लाको चौथो पालिकाको रूपमा बालमैत्री घोषणा हुन लागेको हो ।
हेटौंडालाई बालमैत्री नगर घोषणाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।
मेयर लामाका अनुसार फागुन १ गते नेपाल सरकारका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनेछ ।
बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र घोषणा कार्यविधि, २०७९ मा आधारित भई आवश्यक सबै सूचक पूरा गरेको नगरप्रमुख लामाले बताइन् । उनले बालमैत्री घोषणा कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।
नगरका उपमेयर राजेश बानियाँले हेटौंडा उपमहानगरपालिकाले घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४३ सूचकमा शतप्रतिशत नतिजा प्राप्त गरेको जानकारी दिए । उनले १९ वटा वडा रहेको हेटौँडा उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १९५ बालबालिका रहेका बताए ।
वडा, विद्यालय र स्वास्थ्य संस्था बन्द
बालमैत्री घोषणा गर्ने अवसरमा हेटौंडा उपमहानगरभित्रका शैक्षिक संस्था भोलि बन्द हुने भएका छन् । कार्यक्रमका लागि उपमहानगरभित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक संस्थासहित स्वास्थ्य संस्था र वडा कार्यालयहरू बन्द हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण