जनयुद्ध दिवसमा बागमती गाउँपालिकाले दियो सार्वजनिक बिदा
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले १ फागुनमा सार्वजनिक बिदा दिएको छ । पालिकाले बुधबार सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएको जनाएको हो ।
१ फागुन २०५२ बाट सुरु भएको जनयुद्धको फलस्वरूप एकात्मक केन्द्रीकृत राज्य संरचनालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा ल्याई धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मार्फत राज्यका सबै संयन्त्रहरुमा आम नागरिकको हक अधिकार सुनिश्चित गर्न सफल भएको स्मरणमा १ फागुनमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।
पालिकाका अध्यक्ष सर्केश घलानद्वारा हस्ताक्षरित सूचनामा नागरिकले संविधान सभा मार्फत आफ्नो संविधान आफैँ निर्माण गर्न पाउनु पर्ने विश्वव्यापी उन्नत लोकतान्त्रिक प्रणालीको अभ्यास गराउन वर्तमान शासन प्रणालीको प्रमुख आधार जनयुद्ध बनेको उल्लेख गरिएको छ ।
जनयुद्धका सहिद, बेपत्ता तथा घाइते भएका परिवारजनहरुप्रति उच्च सम्मान प्रकट गर्न बागमती गाउँ कार्यपालिकाको कार्यालय मातहतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरू बाहेकका सबै सरकारी कार्यालयहरू, शैक्षिक संस्था, विभिन्न संघ–संस्थाहरूमा फागुन १ गते सार्वजनिक बिदा दिइएको सूचनामा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण