चौबिस वर्षपछि सडक स्तरोन्नति
बागलुङ । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो ।
बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छ भने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको थियो ।
तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गरे । सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ । यसले कटिनपूर्ण यात्रा सहज भएको खड्काको भनाइ छ ।
बागलुङ बजारदेखि बोक्सेसम्म दुई वर्षअघि नै कालोपत्रे सम्पन्न भइसकेको थियो भने अहिले बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन् । सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्भने आन्तरिक पर्यटकले ट्याक्सी र अटोरिक्सा लैजान थालेका हुन् । कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासले विस्तारै गति लिँदैछ ।
काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्दैनथे । खच्चडकै भरमा सामग्री ढुवानी गर्नुपथ्र्यो । बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घण्टाभन्दा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म पुग्नै एक घण्टाजति समय लाग्थ्यो, सडक स्तरोन्नतिसँगै हाल १५ मिनेटमै त्यो दूरी पार गर्न सकिन्छ ।
सिगानामा रु २९ करोड लागतमा आठ किलोमिटर (किमी) सडक कालोपत्र र ढलान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भएको थियो । सडक कालोपत्रको जिम्मा पाएको कर्ण बिल्डर्सका साइट इञ्चार्ज सन्दीप श्रेष्ठले फागुनसम्म छ किमी सडक कालोपत्र गर्ने गरी काम भइरहेको बताए ।
बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ बजार, अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने ३० किमी सकडमध्ये पहिलो चरणमा १० किमी सडकको काम अन्तिम चरणमा पुगेको छ भने पुनः १० किमी सडकको ठेक्का खोल्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण