म्याग्दीमा ग्रामीण सडकको स्तरोन्नति
म्याग्दी । हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली र बरङ्जा जोड्ने सात किलोमिटर ग्रामीण सडकको स्तरोन्नति १८ वर्षपछि प्रारम्भ भएको छ ।
बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनाका साथै मङ्गला गाउँपालिकाको वडा नं २ र ३ मा उत्पादन भएका कृषिउपजलाई बेनीसम्म पुर्याउन र बेनीबाट खाद्यान्न, निर्माण सामग्रीलगायत उपभोग्य वस्तुहरू गाउँ ल्याउन सहज भएको छ ।
उक्त सडकअन्तर्गत बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर ग्राभेल र दूधेखोलादेखि भकिम्लीतर्फको तीनसय ९० मिटर सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकारको रु दुई करोडको लागतमा उक्त खण्डको स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालयका सव–इञ्जिनियर रवीन चोखालले बताए ।
यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
यस योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने खण्डमा तीनसय ९० मिटर ढलान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण