पोखरेली माझ गुन्जँदै सोप्निल
काठमाडौँ । युवा पुस्ता माझ लोकप्रिय गायक सोप्निल शर्माले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेमा पोखराका दर्शक नचाउने भएका छन् । पोखराको बाराही चोक बाराहीघाट लेखसाइटमा आयोजना हुन लागेको ‘फरेनहाइट वान लभ’ नामक सांगीतिक कार्यक्रम मार्फत उनले त्यहाँका दर्शक नचाउने भएका हुन् ।
फरेन हाइट क्लबको आयोजनामा हुन लागेको कार्यक्रममा शर्माले आफ्ना लोकप्रिय करिब दर्जन गीत प्रस्तुत गर्ने छन् । कार्यक्रममा शर्माको अलवा अलवा द एज नेपाल ब्याण्डको समेत सांगीतिक प्रस्तुति रहनेछ ।
१४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेमा सबैलाई सांगीतिक मनोरञ्जन प्रदान गराने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक फरेनहाइट क्लबमा प्रबन्ध निर्देशक सोनम शेर्पाले बताए । ‘अहिले क्लब बन्द छ । क्लब बन्द भएपनि क्लबले गर्दै आएको सांगीतिक प्रस्तुति जारी रहोस् भनेर आयोजना गरिएको हो’ शेर्पाले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण