मुस्लिम सङ्घको लुम्बिनी अधिवेशन नेतृत्व चयन गर्न असफल
बिहीबार, ०१ फागुन २०८१, १४ : ४५
बुटवल । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नेतृत्व चयनबिनै स्थगित गरिएको छ । लुम्बिनी प्रदेशका ११ जिल्लाका १२८ प्रतिनिधिहरूले भाग लिएको सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री गगन थापाले गरेका थिए ।
निर्वाचन समिति संयोजक अधिवक्ता लोकराज खरेलले अन्य पदमा मतदान नगर्नु पर्ने भएपनि अध्यक्ष, उपाध्यक्ष र सचिव भने मतदान गर्नु पर्ने भएको र सर्वसम्मत रूपमा चयन गर्नका लागि हाललाई निर्वाचन प्रक्रिया सारिएको रातोपाटीलाई बताए।
सर्वसम्मत गर्नका लागि छलफलको माग गरिए अनुसार स्थगित भएको उनको भनाइ छ । निर्वाचन समितिका अनुसार एक जना अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ । अहिले अधिवेशन स्थगित गरेर सहमतिको प्रयास भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण