अवैध हतियारसहित २ जना पक्राउ
बिहीबार, ०१ फागुन २०८१, २१ : १५
काभ्रे । काभ्रेको पाँचखालबाट अवैध हतियारसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर–१ का ६१ वर्षीय मंगल बहादुर तामाङ र उनका छोरा ३२ वर्षीय सन्त बहादुर तामाङ रहेका छन् ।
उनीहरुले माघ ३० गते बिहान खाना नपकाएको भन्दै मंगल तामाङकी श्रीमतीलाई काट्छु, मार्छु भन्दै भरुवा बन्दुक लिएर लखेटेको प्रहरीले जनाएको छ । सो सूचना पाएपछि प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले दिउसो ३ बजे घर नजिकबाट मंगल र सन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनीहरूको साथबाट नालको भाग १ मिटर, बटको भाग ८० सेमी भएको १ मिटर ४३ सेन्टिमिटर लामो भरुवा बन्दुक बरामद गरिएको छ ।
उनीहरूलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरी हातहतियार तथा खरखजाना कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण