युरोपा लिग : एफसी पोर्टो र एएस रोमाबीचको पहिलो लेग बराबरी
शुक्रबार, ०२ फागुन २०८१, ०५ : ४०

काठमाडौं । युरोपा लिग फुटबलको नकआउट चरण प्लेअफ पहिलो लेगमा पोर्चुगलको एफसी पोर्टो र इटालीको एएस रोमाले बराबरी खेलेका छन् । बिहीबार राती भएको खेलमा पोर्टो र रोमाले १-१ को बराबरी खेलेका हुन् ।
घरेलु टोली पोर्टोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा रोमाले ६७ औं मिनेटमा बराबरी गोल फर्कायो । त्यसपछि भने दुबै टोलीबाट गोल हुन सकेन । यस्तै, स्पेनको रियाल सोसीडाडले भने डेनमार्कको मिटिल्याण्डलाई २-१ ले हराएको छ ।