इङ्ल्यान्डका पूर्वकप्तान भन्छन्, ‘अस्ट्रेलिया र इङ्ल्यान्ड त सेमिफाइनलमा पनि पुग्दैनन्’
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । आगामी च्याम्पियन्स लिगमा बलिया टोलीका केही प्रभावशाली खेलाडी अनुपस्थित रहने छन् ।
सोही कारणले यसपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने टोलीको अनुमान लगाउन सहज छैन । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । इङ्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वकप्तान केभिन पिटर्सनको विचारमा यसपटक बलिया भनिएका टोलीले उपाधि जित्ने सम्भावना निकै कम छ ।
पिटर्सनका अनुसार, यसपटक दुईपटकको च्याम्पियन्स अस्ट्रेलियाले उपाधि चुम्ने सम्भावना कम छ । इङ्ल्यान्ड पनि उपाधिको होडमा निकै पछि रहेको पिटर्सन बताउँछन् । उनी अस्ट्रेलिया र इङ्ल्यान्ड यसपटक सेमिफाइनलसम्म पनि नपुग्ने दाबी गर्छन् ।
पिटर्सनका अनुसार, यसपटक भारत, आयोजक पाकिस्तान, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ । ‘यसपटक अनुमान लगाउन निकै कठिन छ । तर, मेरो विचारमा आयोजक पाकिस्तान, भारत, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने सम्भावना देखिन्छ,’ उनी भन्छन् ।
मिचेल स्टार्कको अनुपस्थिति यसपटक अस्ट्रेलियाका लागि सबैभन्दा घाटाको विषय बन्ने पिटर्सनको अनुमान छ । ‘अस्ट्रेलियाका थुप्रै प्रभावशाली खेलाडी घाइते छन् । त्यसमध्ये पनि मिचेल स्टार्ककको अनुपस्थिति अस्ट्रेलियाका लागि सबैभन्दा ठुलो दूर्भाग्य हो,’ पिटर्सन भन्छन् ।
मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट आफ्नो नाम फिर्ता लिएका हुन् । इङ्ल्यान्डको विषयमा पनि पिटर्सन सकारात्मक देखिँदैनन् । उनको विचारमा भारत भ्रमणका क्रममा इङ्ल्यान्डको प्रदर्शन निकै निराशाजनक रह्यो ।
‘इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने सम्भावना देखिँदैन । टोली पनि सन्तुलित छैन । भारतविरुद्धको शृंखलामा पनि इङ्ल्यान्डका खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । त्यसको प्रत्यक्ष असर च्याम्पियन्स ट्रफीमा पर्नेछ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण