अपराध
बाराको सुधार केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु, ७ जना पक्राउ
शुक्रबार, ०२ फागुन २०८१, १५ : ०७
काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–९ घर भएको प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’ छन् । हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी तामाङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण