शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

तनहुँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयको आज आयोजित ५४औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी कम रहेकाले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, “हामी सरकारमा हुँदादेखि नै शिक्षा क्षेत्रमा लगानी अपूरो भयो भनेर बहस सुरु गरेका थियौँ । शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ । सामाजिक, आर्थिक रूपान्तरण, विकास र समृद्धिको कार्यभार पूरा गर्नेगरी शिक्षा प्रक्रियालाई पूरा गर्नुपर्छ ।”
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पाठ्यक्रममा सुधार गर्न शिक्षकलाई तालिम दिनुपर्नेमा जोड दिए । उनले भने, “शिक्षकलाई सम्मानित पेसाका रूपमा स्थापित गर्नुपर्छ । अन्यत्र काम नपाएर शिक्षकमा आएको हो भन्ने अवस्थाको अन्त्य गरिनुपर्छ । सम्मानसाथ शिक्षक हुने वातावरण सृजना गर्नुपर्नेछ ।”
श्रेष्ठले सामुदायिक विद्यालय निजी विद्यालयभन्दा गुणस्तरीय भए पनि निजी विद्यालयतर्फ आमनागरिकको आकर्षण बढेको वर्तमान अवस्थामा लगानी बढाएर सीप र रोजगारीसँग जोड्ने गरी शिक्षा दिनु आजको आवश्यकता भएको बताए । उनले सामुदायिक विद्यालयको स्तर गुणात्मक तरिकाले वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षामा समान पहुँचको वातावरण सृजना गर्नुपर्ने उल्लेख गरे । सङ्घीय, प्रदेश र स्थानीय तहले शिक्षा क्षेत्रको समस्या पहिचान गरी नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा