फागुन ४ गते सार्वजनिक बिदा छैन : गण्डकी प्रदेश सरकार
शनिबार, ०३ फागुन २०८१, १४ : ३५
पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा नभएको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् कार्यालय प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार स्थापना दिवस माघ २२ गत मनाइसकिएको जनाउँदै फागुन ४ गते सार्वजनिक बिदा नभएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ : ‘यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मिति २०८१ साल माघ २२ गते सार्वजनिक बिदा दिइएको हुँदा मिति २०८१ साल फागुन ४ गते सार्वजनिक बिदा नरहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण