भिक्षुसङ्घलाई सामूहिक सङ्घदान
शनिबार, ०३ फागुन २०८१, १५ : ००

काठमाडौँ । स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ । उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो ।
समाजद्वारा आयोजित यो चौथो सङ्घदान हो । यसपटकको सङ्घदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो ।
सङ्घदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले बुद्धधर्ममा दानको महिमाबारे प्रवचन दिँदै श्रद्धापूर्वक गरिएको दानले आशा नगरेकै भए पनि दातालाई पुण्य प्राप्त हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा