छुटसहित म्याक्सबेस वान वायरलेस इयरबड्स अब इसेवामा

काठमाडौँ । नेपाली अडियो ब्राण्ड म्याक्सबेस ले आफ्नो पहिलो उत्पादन, म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ ।
म्याक्सबेस वान वायरलेस इयरबड्समा बाहिरको आवाजलाई कम गर्न ४० डीबीसम्मको एक्टिभ न्वाइज क्यान्सलिङ, चारवटा माइक्रोफोनका साथ एआई कल क्यान्सलिङ र एकदमै स्पष्ट आवाजको लागि १३ एमएम डाइनामिक ड्राइभर जस्ता फिचर रहेको छ ।
यो इयरबड् एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ, र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रिने गरि डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ ।
यो गेम खेल्ने र संगित प्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको छ । साथै यसमा भएको टच कन्ट्रोलको साहयताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ ।
यसको बजारको मूल्य ३,५०० रुपैयाँ हो, तर अहिले विशेष अफरमा ग्राहकवर्गले १,९९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?