छुटसहित म्याक्सबेस वान वायरलेस इयरबड्स अब इसेवामा
काठमाडौँ । नेपाली अडियो ब्राण्ड म्याक्सबेस ले आफ्नो पहिलो उत्पादन, म्याक्सबेस वान वायरलेस इयरबड्स बजारमा ल्याएको छ ।
म्याक्सबेस वान वायरलेस इयरबड्समा बाहिरको आवाजलाई कम गर्न ४० डीबीसम्मको एक्टिभ न्वाइज क्यान्सलिङ, चारवटा माइक्रोफोनका साथ एआई कल क्यान्सलिङ र एकदमै स्पष्ट आवाजको लागि १३ एमएम डाइनामिक ड्राइभर जस्ता फिचर रहेको छ ।
यो इयरबड् एकपल्ट चार्ज गरेपछि ६–८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ, र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याकअप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रिने गरि डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सपरेन्सी मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ ।
यो गेम खेल्ने र संगित प्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको छ । साथै यसमा भएको टच कन्ट्रोलको साहयताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ ।
यसको बजारको मूल्य ३,५०० रुपैयाँ हो, तर अहिले विशेष अफरमा ग्राहकवर्गले १,९९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । उक्त प्रोडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण